इलामवासीको शिर झुक्न नदिने उम्मेदवार सुहाङ नेम्वाङको भनाई

सोमबार, ०३ बैशाख २०८१
इलाम वैशाख : इलाम क्षेत्र दुईको उपनिर्वाचनमा नेकपा एमालेका उम्मेदवार सुहाङ नेम्बाङले आफूले जिते इलामवासीको शिर झुक्न नदिने बताएका छन् । इलामको फाकफोकथुम ४, आङ्चेरेङमा आयोजित चुनावी सभामा मतदातालाई सम्बोधन गर्दै नेम्बाङले आफू इलाम र इलामवासीको सेवामा लाग्ने समेत बताएका हुन् । अहिलेसम्म बुबा सुवास नेम्बाङलाई माया गरेर मत दिएको भन्दै धन्यवाद व्यक्त गर्दै उनले अब आफूलाई उसै गरी माया गरेर मत दिन आग्रह गरेका छन् । उम्मेदवार नेम्बाङले क्षेत्र २ का नागरिकको एक–एक मतले सुवासलाई संविधान निर्माणसमेतको नेतृत्व गर्ने अवसर दिएको भन्दै बाध्यात्मक अवस्थामा वैशाख १५ को निर्वाचन आएको बताए । इलाम क्षेत्र २ मा बाटो, पुल, भवन, बिजुली, सिँचाइ, कृषिलगायत क्षेत्रका काम भएको भए पनि पर्याप्त नभएको उनको भनाई छ । ती अधुरा काम आफूले गर्ने उनको भनाई छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार