वैवाहिक बलात्कारको मुद्दा खेपिरहेका न्यायाधीश जेल चलान

सोमबार, ०३ बैशाख २०८१
काठमाडौं । वैवाहिक बलात्कारको मुद्दा खेपिरहेका न्यायाधीश भुवन गिरी जेल चलान भएका छन् । काठमाडौं जिल्ला अदालतमा सोमबार हाजिर भएका गिरीलाई अदालतले डिल्लीबजार कारागार पठाउन आदेश गरेको हो । जिल्लाको आदेशसँगै उनलाई कारागार पठाइएको काठमाडौं प्रहरी प्रमुख एसएसपी भूपेन्द्र खत्रीले जानकारी दिए । गत चैत २१ मा सर्वोच्च अदालतका न्यायाधीशद्वय हरिप्रसाद फुयाँल र तिलप्रसाद श्रेष्ठले उनलाई थुनामा राख्ने आदेश गरेको थियो । उनीमाथि पत्नी आरती गिरी रावलले वैवाहिक बलात्कार मुद्दा दायर गरेकी थिइन् । जिल्ला अदालत कपिलवस्तुमा कार्यरत हुँदा फौजदारी कसुरको जाहेरी परेपछि उनी निलम्बनमा परेका हुन् ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार