राजारानी फुटबल क्लब धनकुटालाई हराउँदै खोटाङ सेमिफाइनलमा प्रवेश

सोमबार, १० बैशाख २०८१
अर्जुन बस्नेत भोजपुर । भोजपुरमा जारी सातौँ अन्तर्राष्ट्रिय आमन्त्रित मेयर भोजपुर गोल्डकप प्रतियोगिताको दोस्रो खेलमा राजारानी फुटबल क्लब धनकुटालाई हराउँदै खोटाङ भगवती क्लब सेमिफाइनलमा प्रवेश गरेको छ । खोटाङले एक गोलको विरुद्ध दुई गोल गरेपछि राजारानी फुटबल क्लब धनकुटा पराजित भएको हो । खेल सुरु भएको ५९ औँ मिनेटमा खोटाङका जर्सी नं ९ का खेलाडी मार्टीनले पहिलो गोल गरेसँगै खेलको रौनक बढेको थियो । खोटाङले १ गोल गरेपछि धनकुटाको खेलाडी जर्सी नं। २३ का सुनिल खड्काले ६९ मिनेटमा जवाफी गोल फर्काएका थिए । जवाफी गोलसँगै खेल आक्रामक बनेपछि खोटाङका खेलाडी मार्टीनले खेलको ८१ औँ मिनेटमा अर्को गोल थप्न सफल भएका थिए । मार्टिनको दोस्रो गोल नै जीतमा परिनत भएको थियो । यस्तै ¬व्यक्तिगत विधातर्फ म्यान द म्याच खोटाङका मार्टीन घोषित भए । हिजो भएको खेलमा आर्मीसँग जर्जीयन फुटबल क्लब भारत पराजित भएको थियो भने भोली समहेश युवा क्लब, सिराहा र डाँगीहाट यूथ क्लब मोरङ बिच खेल हुनेछ । भोजपुर रंगशालामा सुरु भएको प्रतियोगितामा ‘ए’ डिभिजनका दुई क्लबसहित आठ वटा टिमले सहभागिता जनाएका छन् । प्रतियोगिताका विजेता तथा उपविजेताले उपाधिसहित क्रमशः नगद पाँच लाख र तीन लाख पाउने जिल्ला फुटबल सङ्घ भोजपुरका अध्यक्ष प्रवीण सुवालले बताए । प्रतियोगिता सञ्चालनका लागि भोजपुर नगरपालिकाले ३० लाख आर्थिक सहयोग गरेको छ भने अन्य रकम सङ्कलन गरिने आयोजक जिल्ला फुटबल सङ्घका अध्यक्ष सुवालले जानकारी दिए । अहिलेसम्म करिब ११ लाख रकम सङ्कलन भई सकेको छ भने अन्य रकम पनि सङ्कलन गरिने छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार