डेंगु सङ्क्रमण ६९ जिल्ला फैलियो, सबैभन्दा बढी झापा र काठमाडौं

शुक्रबार, २५ जेठ २०८१
विराटनगर / देशका ६९ वटा जिल्लामा एक हजारभन्दा बढीमा डेंगु सङ्क्रमण पुष्टि भएको छ । इपिडिमियोलोजि तथा रोग नियन्त्रण केन्द्रअन्तर्गतका किटजन्य शाखाका प्रमुख डा।गोकर्ण दाहालले सन् २०२४ यता ६९ जिल्लाबाट एक हजार १०५ जनामा डेंगु पुष्टि भएको जानकारी दिए । डेंगु सङ्क्रमण सबैभन्दा बढी बागमती र कोसी प्रदेशमा पुष्टि भएको छ । बागमतीमा प्रदेशमा ३८९, कोसी प्रदेशमा २६४ जनामा पुष्टि भएको हो । त्यसै गरी, मधेस प्रदेशमा २९, गण्डकी प्रदेशमा १७०, लुम्बिनी प्रदेशमा १२९ कर्णाली प्रदेशमा १५ र सुदूरपश्चिममा ११३ जनामा डेंगु पुष्टि भएको डा.दाहालले बताए । जिल्लाअन्तर्गत काठमाडौँ र झापामा सबैभन्दा बढी डेंगु पुष्टि भएको छ । काठमाडौँमा ११२, झापामा १०९ जनामा डेंगु पुष्टि भएको छ । त्यसै गरी, चितवनमा ७३, मकवानपुरमा ५८, सिन्धुपाल्चोकमा ४४, तनहुँ ३९, ओखलढुङ्गामा ३८, रुपन्देहीमा २८, डोटीमा ३० र भक्तपुरमा २७ जनामा डेंगु पुष्टि भएको छ । गत वर्ष ५२ हजार ७९० जनामा डेंगु पुष्टि भएको थियो । लामखुट्टेको टोकाइबाट बच्न पूरै शरीर ढाक्ने लुगा लगाउने, धूप बाल्ने, मलम लगाउन डा. दाहालको सुझाव छ । लामखुट्टे नियन्त्रण गर्न लामखुट्टेले फुल पार्न सक्ने सम्भावित घर, विद्यालय, कार्यालय वरपरका पानी जम्ने सबै ठाउँ सफा गर्ने, पानी राख्ने भाँडाहरू बेलाबेलामा सफा गर्ने र लामखुट्टेको फुल नष्ट गर्ने कार्य गर्न चिकित्सकहरुको सुझाव छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार