सरकारद्धारा दूधको भाउ प्रतिलिटर १० रूपैयाँ बढाउने तयारी

मंगलबार, ०९ फागुन २०७९
काठमाडौं : सरकारले दूधको मूल्य बढाउने तयारी गरेको छ। राष्ट्रिय दुग्ध विकास बोर्डले महँगीलाई कारण देखाउँदै दूधको मूल्य प्रतिलिटर १० रूपैयाँ बढाउने प्रस्ताव कृषि तथा पशुपन्छी विकास मन्त्रालयमा गरेसँगै सरकारले मूल्य बढाउने तयारी गरेको हो। फाुगन २ गते बोर्डले मन्त्रालयलाई मूल्य विश्लेषण प्रतिवेदन बुझाएको थियो। यसअनुसार लिटरमा १४ रूपैयाँसम्म लागत महँगिएको भए पनि १० रूपैयाँ मात्रै बढाउन सिफारिश गरिएको राष्ट्रिय दुग्ध विकास बोर्डले जनाएको छ। बोर्डका कार्यवाहक कार्यकारी निर्देशक डा बालक चौधरीका अनुसार किसानको दुग्ध उत्पादन लागतबारे बोर्डले सातै प्रदेशमा अध्ययन गरेको थियो। जसअनुसार मूल्य बढाउनै पर्ने देखिएको उनले बताए। बोर्डले गत २ फागुनमा मूल्य बढाउनेसम्बन्धी अध्ययन प्रतिवेदन मन्त्रालयका सचिवलाई बुझाएको थियो। मूल्य बढाउने प्रतिवेदनबारे मन्त्रालयले थप छलफल गरेर मन्त्रिपरिषदमा सिफारिश गरेपछि सरकारले दूधको भाउ बढाउने निर्णय लिनेछ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार