फिदिम नगरपालिकाका निवर्तमान मेयर नेम्बाङको निधन

विहीबार, २७ असार २०८१
पाँचथर / फिदिम नगरपालिकाका निवर्तमान मेयर ओनाहाङ नेम्बाङको निधन भएको छ । ७७ वर्षीय नेम्बाङको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा बिहीबार उपचारको क्रममा निधन भएको हो । नेपाली काँग्रेसका महाधिवेशन प्रतिनिधि समेत रहेका उनी प्रेसर लगायत स्वास्थ्य समस्याबाट ग्रसित थिए । २००४ साल असोज १८ गते जन्मेका नेम्बाङ २०३७ सालदेखि राजनीतिमा सक्रिय भएका थिए । नेम्बाङ २०३९ सालमा तत्कालीन लाली खर्क गाउँ पञ्चायतको निर्वाचनमा ४८ मतले पराजित भएका थिए । नेम्बाङ २०५४ सालको स्थानीय निर्वाचनमा नेपाली काँग्रेसको तर्फबाट फिदिम नगर उन्मुख गाविस अध्यक्ष पदम उम्मेद्धार बनेका थिए । २०५७ सालमा नेपाली काँग्रेसको क्षेत्रीय सभापती बनेका नेम्बाङ २०६७ सालमा नेपाली काँग्रेसको महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएका थिए । २०७२ सालमा नेपाली काँग्रेसको महासमिति सदस्यमा निर्वाचित नेम्बाङ २०७२ साल देखि २०७४ साल सम्म फिदिम नगर विकास समितिको अध्यक्षको कुशलता पूर्वक दायित्व निर्वाह गरेका थिए । नेम्बाङ २०७४ सालमा भएको स्थानीय तहको निर्वाचनमा फिदिम नगरपालिकाको मेयरमा निर्वाचित भएका थिए । हाल नेपाली काँग्रेसका महाधिवेशन प्रतिनिधि रहेका नेम्बाङ जिल्लाका शालीन र सादगी नेताका रूपमा परिचित थिए ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार