प्रतिनिधिसभाको बैठक : विश्वासको मत माग्दै प्रचण्ड

शुक्रबार, २८ असार २०८१
विराटनगर / प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधिसभा बैठकमा विश्वासको मत माग्दै छन् । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्षसमेत रहेका उनले प्रतिनिधिसभाको बैठकमा विश्वासको मतसम्बन्धी प्रस्ताव पेस गरेका छन् । बैठकले उक्त प्रस्तावलाई निर्णायार्थ प्रस्तुत गर्ने संसद्को आजको प्रस्तावित कार्यसूचीमा उल्लेख छ । प्रधानमन्त्रीले आफ्नो कार्यकालमा पाँचौँ पटक विश्वासको मागेका हुन् । चौथो पटक सम्म विभिन्न दलसँग मिलेर सफल भएका उनी यस पटक भने असफल हुने प्राय निश्चित छ । पछिल्लो पटक समर्थन गरेको दल नेपाल कम्युनिस्ट पार्टी (एमाले)ले समर्थन फिर्ता लिएपछि उनले नेपालको संविधानको धारा १०० को उपधारा ९२० अनुसार विश्वासको मत लिनु पर्ने भएको हो । संसद्को सबैभन्दा ठुलो दल नेपाली काँग्रेस र दोस्रो ठुलो दल एमालेले सत्ता समीकरणका लागि सहमति गरेर राष्ट्रिय सहमतिको सरकार गठन गर्न लागेका छन् । प्रतक्ष हेर्न र सुन्नका लागि https://fb.watch/tgyKo4KhUt/

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार