तेह्रथुमबाट प्रतिनिधि सभा सदस्यमा नेपाली कांग्रेसकी सीता गुरुङ निर्वाचित भएकी छन् ।
नेकपा एमालेका विजय सुब्बालाई एक हजार ७९ मतान्तरले पराजित गर्दै गुरुङ निर्वाचित भएकी हुन् । गुरुङले १९ हजार ७०२ मत प्राप्त गर्दा उनका निकटतम प्रतिद्वन्द्वी सुब्बाले १८ हजार ६२३ मत पाएका छन् ।
गुरुङ गत २०७४ सालको निर्वाचनमा एमालेका भवानी खापुङसँग २ हजार २१ मतले पराजित भएकी थिइन् । सुब्बा २०४८ र २०५६ को निर्वाचनमा निर्वाचित भएका थिए ।
प्रतिक्रिया