रोङ गाउँपालिकाको एक रुपैयाँ बचत अभियान : आठ महिनामा १९ लाख बढी सङ्कलन

शुक्रबार, ११ साउन २०८१
इलाम / रोङ गाउँपालिकाले सामुदायिक विद्यालयमा सञ्चालनमा ल्याएको बाल बचत खातामा आठ महिनाको अवधिमा १९ लाख बढी रकम जम्मा गरेको छ । गाउँपालिकाले कार्यविधि बनाएर २०८० साल मंसिर १ गतेदेखि पालिका भित्रका सामुदायिक विद्यालयमा भर्ना भएका विद्यार्थीको बचत दैनिक एक रुपियाँ बचत थालेको थियो । २०८१ असार मसान्तसम्म प्रतिविद्यार्थी एक रुपियाँ दरले जम्मा गर्दा १९ लाख ६ हजार चार सय ८८ रुपियाँ बैङ्कमा जम्मा भएको हो ।अध्यक्षसँग विद्यार्थी विद्यालयमा आधारित उद्यमशीलता कार्यविधि –२०८० बनाएर गाउँपालिकाले २०८० लाख असोज २५ गते कार्यपालिकाबाट स्वीकृत गरी लागु गरेको थियो । गाउँपालिकाले सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीको दैनिक बचत गर्न प्राइम कमर्सियल बैकसँग दोहोरो सम्झौता गरी एक हजार आठ सय ६९ जना विद्यार्थीको खाता खोलिएको गाउँपालिका अध्यक्ष मनि कुमार स्याङबोले जानकारी दिए। २०८१ असार मसान्तसम्मको आठ महिना अवधिमा दैनिक एक रुपयिाँका दरले विद्यार्थीको तर्फबाट १४ लाख ११ हजार आठ सय २७ रुपियाँ, गाउँपालिकाको तर्फबाट तीन लाख सात हजार सात सय ६१ रुपियाँ र बैङ्कको तर्फबाट प्रतिविद्यार्थी एक सयका दरले एक लाख ८६ हजार नौ सय रुपियाँ जम्मा भएको छ । बैङ्कले विद्यार्थीको खाता खोल्दा प्रतिविद्यार्थी एक सय रुपियाँ जम्मा गर्ने गरेको छ । पालिकाले विद्यार्थी विद्यालय आएको दिन एक रुपियाँका दरले जम्मा गरिदिने गरेको छ । अभिभावकले मासिक रूपमा गाउँपालिकामा बचत जम्मा गरेपछि पालिकाले बैङ्कमा रकम जम्मा गर्ने गरेको छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार