लागूऔषधसहित सुनसरी, मोरङ र उदयपुरको छुट्टाछुट्टै स्थानबाट नौ जना पक्राउ

मंगलबार, १५ साउन २०८१
इटहरी : सुनसरी, मोरङ र उदयपुरको छुट्टाछुट्टै स्थानबाट प्रहरी टोलीले लागूऔषधसहित नौ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सुनसरीको बराहक्षेत्र नगरपालिका ८ शिवशक्ति चोक बस्ने २७ वर्षीया एलिसा महत्तो, मोरङ रतुवामाई नगरपालिका ६ बस्ने २० वर्षीय असीम माझी, मोरङ रंगेली घर भई हाल सुन्दरहरैँचा नगरपालिका ९ आदर्श चोक बस्ने १९ वर्षीय अभिषेक दमाई महतरा, १८ वर्षीय सुशान्त विश्वकर्मा, सोही स्थान ८ बस्ने मोहम्बद असलम, सुन्दरहरैँचा नगरपालिका ९ बस्ने २७ वर्षीय जगत श्रेष्ठ, २३ वर्षीय दिलीप खवास, उदयपुरको त्रियुगा नगरपालिका १३ असारे बस्ने २४ वर्षीय रमेश देउजा र ३४ वर्षीय विक्रम भन्ने पूर्णबहादुर परियार रहेका छन् । पक्राउ परेका मध्येबाट ट्रामाडोल २२४४ ट्याब्लेट, कोलिवान ४०० ट्याब्लेट, एन्टिकफ ४०९ ट्याब्लेट, स्पास्पेन ४१९ ट्याब्लेट र डाईजेपाम ९ एम्पुल, फेनारगन ९ एम्पुल र ब्रुपिनोर्फिन १० एम्पुल लागूऔषध बरामद भएको छ । पक्राउ परेका उनीहरूको सम्बन्धित प्रहरी कार्यालयहरूबाट थप अनुसन्धान भइरहेको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार