विद्यालय गएका छात्र मृत फेला

विहीबार, १७ साउन २०८१
पाँचथर / फालेलुङ ५ का दीप राई खेदोक खोलामा डुबेको अवस्थामा मृत फेला परेका छन् । विद्यालय जान भनेर घरबाट हिँडेका ११ वर्षीय राई बिहीबार मृत अवस्थामा फेला परेका हुन् । स्थानीय बालकृष्ण राईका छोरा दीप कालिका मावि कक्षा ६ मा अध्ययनरत गर्दथे । राईको सर्ट र स्कुल ब्याग नदी किनारमा सुरक्षित भेटिएको जिल्ला प्रहरी कार्यालय पाँचथरका सूचना अधिकारी ९प्रहरी निरीक्षक० बेनीलाल साहले बताए । खोलामा तैरिरहेको अवस्थामा दीपलाई स्थानीयले देखेपछि बाहिर निकालिएको थियो । खोलाबाट बाहिर निकाल्दा नै उनको मृत्यु भइसकेको बताइएको छ । राईलाई खोलामा मृत्यु भएको देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । प्रहरी चौकी प्राङबुङबाट गएको प्रहरी टोलीले घटनास्थलको प्रकृति मुचुल्का बनाएर शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल ल्याएको छ । राईको मृत्यु के कसरी भयो भन्ने विषयमा अनुसन्धान सुरु गरिएको प्रहरीको भनाई छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार