संविधान संशोधन जटिल विषय : आङ्बो

विहीबार, १७ साउन २०८१
पाँचथर / नेकपा माओवादी केन्द्र कोशी प्रदेश संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले नेपाली काँग्रेस र नेकपा एमाले स्वार्थका लागि मिलेको बताएका छन् । बिहीबार पाँचथर सदरमुकाम फिदिममा प्रेस सेन्टरले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै सांसद आङबोले संविधान संशोधन गर्ने भनेर निश्चित स्वार्थका लागि ठुला दुई दल मिलेको उनको भनाई छ । पाँचथर प्रदेश सभा २ का सांसद समेत रहेका उनले सबै दललाई सहमतिमा नलिई संविधान संशोधन गर्दा २०६३ सालको अवस्था आउने भन्दै सचेत गराए। ‘संविधान संशोधन जटिल विषय भएको उनको भनाई छ । निर्वाचन प्रणाली फेरेर दुई दलीय सिस्टममा लैजाने कुरा स्वीकार्य नहुने उनको भनाई छ । समानुपातिक समावेशी सिद्धान्त हटाउनेगरी संविधान संशोधनको कुरा माओवादीलाई स्वीकार्य नहुने उनको भनाई छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार