नेकपा (एकीकृत समाजवादी) ले बनायो ३४४ सदस्यीय केन्द्रीय कमिटी

शुक्रबार, १८ साउन २०८१
नेकपा (एकीकृत समाजवादी) ले बनायो ३४४ सदस्यीय केन्द्रीय कमिटी बनाएको छ । शुक्रवार पार्टी केन्द्रीय कार्यालयमा बसेको बैठकले आकांक्षीहरूलाई सम्बोधन हुने गरी ठूलो आकारको केन्द्रीय कमिटी बनाएको हो । पार्टीको १० औँ राष्ट्रिय महाधिवेशनले अध्यक्ष माधवकुमार नेपाल, सम्मानित नेता झलनाथ खनाल र महासचिव घनश्याम भुसाललाई चयन गर्दै ९३ जना केन्द्रीय सदस्यहरूको घोषणा गरेको थियो । शुक्रवार बसेको बैठकले केन्द्रीय सदस्यहरूको संख्या बढाएर ३४४ जना पुर्‍याउने निर्णय गरेको पार्टीका उपमहासचिव एवं प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिए । उनका अनुसार केही दिनभित्र सबै केन्द्रीय कमिटीका सदस्यहरूको शपथग्रहण समारोह राखिनेछ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार