तीनजना सवार मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु, दुई घाइते

शुक्रबार, १८ साउन २०८१
इलाम : इलामको माई नगरपालिका–२ दानाबारीमा तीनजना सवार मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने दुईजना घाइते भएका छन्। मृत्यु हुनेमा माई १० गधेनी भञ्ज्याङका २५ वर्षीय दिनेश सार्की रहेका छन् । शुक्रबारे बजारबाट सितलीतर्फ जाने क्रममा ना ४८ प ८६३८ नम्बरको मोटरसाइकल अनियन्त्रित भई गरुवा खोलाको पुलमा ठोक्किएको थियो। पुलमा मोटरसाइकल ठोक्किदाँ मोटरसाइकल चालक माई–१० गधेनी भञ्ज्याङका ३२ वर्षीय विनोद लिम्बू र सोही स्थानका १६ वर्षीय रोशन लिम्बू घाइते भएका छन् । उनीहरूमध्ये चालक विनोदको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । घाइते दुवैको झापास्थित बी एण्ड सी अस्पताल बिर्तामोडमा उपचार भइरहेको प्रहरी हवल्दार निरानन्द न्यौपानेले जानकारी दिए । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार