पाँचथर / एक वर्षमा दुई सय ३७ वटा अपराधका घटना दर्ता भएका छन् । जिल्ला प्रहरी कार्यालय पाँचथरको तथ्याङ्कले २०८० साउन १ देखि २०८१ असार मसान्त सम्ममा आपराधिक घटना दर्ता भएको देखाएको हो ।
दर्ता भएकामध्ये एक सय १२ मुद्दा फर्स्योट हुनका साथै एक सय २५ वटा प्रक्रियामा छन् ।
यत्तिका घटनामा एक सय ७२ जना प्रतिवादी पक्राउ परेका छन् भने ३० जना फरार छन्। जिल्लामा अपराधका घटनामध्ये सबैभन्दा धेरै भवितव्य ज्यानसम्बन्धी मुद्दा छन् ।
यस्तै, अभद्र व्यवहारका ३१ मुद्दा दर्ता भएकोमा ३९ जनाको संलग्नता पाइएको छ । जसमध्ये ३८ जना पक्राउ परेको प्रहरी नायव उपरीक्षक हेमन्तबहादुर भण्डारी क्षेत्रीले जानकारी दिए ।
यस्तै, बहु विवाहका १३, बैङ्किङ कसुर सम्बन्धी ७, जबरजस्ती करणीका ११, चोरीका १७, फुटकर ज्यानसम्बन्धी ११, ज्यान मार्ने उद्योगका ८ वटा मुद्दा दर्ता भएका थिए ।
प्रहरी प्रमुख भण्डारीका अनुसार जिल्लामा उक्त आर्थिक वर्ष भरि ५३ वटा सवारी दुर्घटना भएका थिए । जहाँ ९ जनाको ज्यान जानका साथै एक सय जना घाइते भएको तथ्याङ्क छ ।
उक्त आर्थिक वर्ष भर जिल्लामा ट्राफिक नियम उल्लङ्घन गर्ने ३ हजार ४ सय १३ वटा सवारी साधन कारबाहीमा परेका थिए ।
जहाँबाट १८ लाख ७७ हजार ५ सय रुपियाँ राजस्व सङ्कलन भएको पनि बताइएको छ ।
जिल्लामा उक्त आर्थिक वर्ष २१ पुरुष, ४२ महिला,७ बालक र २२ बालिका हराएको जसमध्ये १५ पुरुष,३९ महिला,७ बालक र २२ बालिका फेला परेको तथ्याङ्क छ ।
जिल्लाभर २३ घरेलु र ६५ वटा महिला हिंसाका घटना दर्ता भएका थिए ।
प्रहरीले सामुदायिक साझेदारी सचेतनामूलक कार्यक्रम,अल्पसङ्ख्यकसँग प्रहरी कार्यक्रम,नागरिक सुनुवाइ र पीडित पुनः भेटघाट कार्यक्रम जस्ता अभियानलाई निरन्तरता दिएको छ ।
प्रतिक्रिया