स्कुलले त्यो समस्या निराकरणका लागि बालविकासपछि एलकेजी कक्षा थप गरी बालविकास र कक्षा १ को सिकाई अन्तर कम गरेको उनको भनाइ छ ।
आजको शिक्षा र शिक्षण विधिमा भएको आधुनिकीकरणले सूचना र प्रविधिलाई प्रमुख महत्व प्रदान गरेको छ । त्यसैले यस विद्यालयमा पनि कम्प्युटर प्रयोगशाला निर्माण गरिएको पनि प्रधानाध्यापक डा.झाले बताए ।
विद्यालयमा विद्यार्थीको सङ्ख्या तीन हजार भन्दा बढी पुग्नुले पब्लिक हाइ स्कुल सबैको रोजाईको विद्यालय बनेको र सामुदायिक विद्यालयले विद्यार्थीहरूका लागि बस सञ्चालन गर्नुलाई पनि बेग्लै सफलताको रूपमा मूल्याङ्कन गर्न सकिने जानकारहरू बताउँछन् ।
उक्त कार्यक्रममा १२ कक्षामा उत्कृष्ट जिपिए लिएर पास भएको तीन जना छात्राहरुलाई छात्रवृत्ति प्रदान गरिएको थियो । जसमा ३.७७ जिपिए लिएर समीक्षा पोख्रेल प्रथम, ३.६६ जिपिए लिएर कञ्चन खतिवडा दोस्रो र ३.६ जिपिए लिएर नेहा श्रेष्ठ तेस्रो भएका थिए ।
उनीहरूलाई क्रमशः नगद रकम ७२ हजार, ६० हजार र १३ हजार रुपैयाँसहित सम्मान पत्रले सम्मान गरिएको थियो ।
साथै सोही कार्यक्रमको अवसर पारेर विद्यालयका शिक्षक विष्णुप्रसाद खतिवडाको ‘किरिच’ कविता संग्रहको विमोचनसमेत गरियो ।
कार्यक्रममा कोशी प्रदेशका मुख्यमन्त्री कार्कीसहित सांसद यशोदा कायस्थ, धरान उपमहानगरपालिकाका उपप्रमुख आईन्द्रविक्रम बेघा,
धरान १३ का वडाध्यक्ष नेत्र काफ्लेलगायत पब्लिक स्कुलको शिक्षक–शिक्षिकाहरू, विद्यार्थीहरू, अभिभावक तथा शुभचिन्तकहरूको उपस्थिति रहेको थियो ।
प्रतिक्रिया