खोटाङमा सुस्त मनस्थितिकी किशोरी बलात्कार गर्ने युवक कारागार चलान

मंगलबार, २९ साउन २०८१
खोटाङ । खोटाङमा एक सुस्त मनस्थितिकी किशोरीमाथि सामूहिक बलात्कार गरेर फरार रहेका एक अभियुक्त १३ वर्षपछि पक्राउ परेका छन् । साकेला गाउँपालिका–२ रतन्छाका ३६ वर्षीय नरदेश राईलाई प्रहरीले पक्राउ गरी सोमबार कारागार चलान गरेको छ । २०७२ साल माघ १८ गते राति १४ वर्षीया सुस्त मनस्थितिकी किशोरीलाई आफन्तको घरबाट फर्किरहेको बेला बाटोमा रोकेर सामूहिक बलात्कार गरेका थिए । घटनाको दुई दिनपछि पीडितका आफन्तले प्रहरीमा उजुरी दिएका थिए । जिल्ला अदालत खोटाङले २०७९ चैत ३० गते नरदेशसहित घटनामा संलग्नलाई कैद सजायको फैसला सुनाएको थियो । नरदेशलाई १३ वर्षको कैद सजाय तोकिएको थियो । फैसला भएको तीन वर्षपछि उनी घरमा आएको अवस्थामा साउन २७ गते पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङका सूचना अधिकारी प्रहरी निरीक्षक बेनु कार्कीले जानकारी दिए । प्रहरी चौकी रतन्छाले आइतबार राति १०ः०० बजे उनलाई पक्राउ गरी सोमबार जिल्ला ल्याएर अदालतमा पेश गरेको थियो । घटनामा संलग्न अन्य फरार अभियुक्तहरूको खोजी जारी रहेको प्रहरीले जनाएको छ ।  

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार