कुटपिट गरी श्रीमतीको हत्या

आइतबार, ०२ भदौ २०८१
जलेश्वर  : महोत्तरीका एक जनाले आफ्नै श्रीमतीको हत्या गरेका छन्। महोत्तरी गाउँपालिका-१ सोनुखडा गाउँका स्थानीय ४५ वर्षीय हबिब नदाफले ३६ श्रीमती वर्षीया रोशना खातुनलाई कुटपिट गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक नकुल पोखरेलले जानकारी दिए। श्रीमतीसँगको घरायसी झगडामा हबिबले शनिबार रोशनालाई निर्घात कुटपिट गरेका थिए। समयमै उपचार नहुँदा निजको मृत्यु भएको प्रहरीको प्रारम्भिक अनुमान छ। रोशनाको शव परीक्षणका लागि प्रादेशिक अस्पताल जलेश्वर पठाइको छ। घटनापछि फरार भएका श्रीमान्‌को खोजी भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार