बालिकालाई जबरजस्ती करणी आरोपमा शिक्षक पक्राउ

मंगलबार, ०४ भदौ २०८१
पाँचथर : बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा एक शिक्षकलाई प्रहरीले पक्राउ गरेको छ । एक बालिकालाई जबरजस्ती करणी गरेको आरोप लागेपछि पाँचथर प्रहरीले एक जना शिक्षकलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा सिद्वदेवी मावि पीपलबोटेका शिक्षक राजकुमार नेम्वाङ रहेका छन् । जिल्ला प्रहरी कार्यालय पाँचथरका सूचना अधिकारी प्रहरी निरीक्षक रुपेश तामाङका अनुसार नेम्वाङले फिदिम नगरपालिका १ सुन्तली चोकमा आफ्ना अभिभावकसँग बस्दै आएकी बालिकालाई जबरजस्ती करणी गरेको आरोप छ । नेम्वाङले आइतबार राति आफूलाई जबरजस्ती करणी गरेको भन्दै पीडित बालिकाले जिल्ला प्रहरी कार्यालय पाँचथरमा जाहेरी दर्ता गराएकी थिइन् । पक्राउ परेका नेम्वाङमाथि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार