पाँचथरमा अज्ञात वस्तु विष्फोट, चार जना बालबालिका घाइते

विहीबार, १३ भदौ २०८१
विराटनगर : पाँचथरमा अज्ञात वस्तु विष्फोट भएको छ । अज्ञात वस्तु विष्फोट हुँदा चार जना बालबालिका घाइते भएका छन् । फालेलुङ गाउँपालिका–५ डाँडागाउँका आइतराज केरुङको घरमा विष्फोट भएको हो । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका अनुसार केरुङको घरमा ज्ञानबहादुर राईको परिवार बस्दै आएको थियो । घटनामा परेर ज्ञानबहादुरका छोरा १३ वर्षीय पवन, स्थानीय दिलीप साँवाका छोरा ११ वर्षीय दिप्सन र छोरी २ वर्षीया प्रिन्सा घाइते भएका छन् । दीपक राईका ७ वर्षीय छोरा सामान्य घाइते भएका छन् । घाइतेमध्ये दिप्सन र प्रिन्साको अवस्था गम्भीर रहेको कोशी प्रदेशका प्रहरी प्रमुख डीआईजी चन्द्रकुवेर खापुङले जानकारी दिए । डीआईजी खापुङका अनुसार बिहीबार दिउँसो ३ बजेतिर अचानक विष्फोटको ठूलो आवाज आएको थियो । विष्फोटमा परेर आँगनमा खेलिरहेका बालबालिकाहरू घाइते भएको खापुङले बताए । घाइतेहरूको स्थानीय अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । डीआईजी खापुङका अनुसार के विष्फोट भएको हो भन्ने अनुसन्धानपछि मात्रै खुल्नेछ । अहिले प्रहरीले विभिन्न कोणबाट अनुसन्धान सुरु गरेको जनाएको छ ।  

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार