लक्ष्य भन्दा कम राजश्व सङ्कलन

आइतबार, १६ भदौ २०८१
इलाम / कर दाता सेवा कार्यालय इलामले लक्ष्य भन्दा कम राजश्व सङ्कलन गरेको छ । आर्थिक वर्ष २०८०÷८१ मा ८४ करोड ७४ लाख सङ्कलन गर्ने लक्ष्य थियो । तर लक्ष्यको ७६ प्रतिशत मात्रै राजश्व सङ्कलन भएको छ । सेवा कार्यालयमा लक्ष्यको १० करोड कमी गत आर्थिक वर्षमा सङ्कलन गरेको थियो । सेवा कार्यालयले गत वर्ष ६४ करोड ९६ लाख रुपैयाँ राजश्व सङ्कलन गरेको प्रमुख नीराजन कुमार थापाले जानकारी दिए । उनका अनुसार इलाम जिल्ला कार्यक्षेत्र रहेको सेवा कार्यालयमा अन्तःशुल्क तर्फ १२ सय ६५,व्यक्तिगत पान तर्फ २६ हजार ४ सय २९, मूल्य अभिवृद्धि कर भ्याटमा १४ सय ७४ र डब्ल्यु प्यानमा ४ सय २२ जना करदाता सेवा कार्यालयमा दर्ता भएका छन् । सबै व्यवसायी करको दायरामा नआउनु र भ्याटमा दर्ता भएका व्यवासायीहरुले प्राय स्टामेट बिल मात्रै प्रयोग गरेकाले लक्ष्य अनुसारको कर सङ्कलन हुन नसकेको कार्यालयले जनाएको छ । कार्यालयले करको दायरामा आउन सम्पूर्णमा आह्वान समेत गरेको छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार