पक्राउ परेकामध्ये दुलालले पटक पटक जबरजस्ती करणी तथा पशुपक्षी सम्बन्धी अपराधमा जेल सजाय पूरा गरेर रिहा भएको पाइएको प्रहरीले जनाएको छ ।
भदौ १८ गते रातको समयमा उनीहरूले दमक नगरपालिका–१ मा गोठमा बाँधिरहेको २ महिनाको गर्भिणी रहेको गाई चोरी गरी गोठदेखि १०० मिटर उत्तरपटीको प्लटिङमा लगेर काटेका थिए । खुट्टा तथा गर्धनको मासु, रगत लगेका उनीहरूले शरीरको अन्य भाग घटनास्थलमा नै छोडेका थिए ।
गर्भिणी गाई काटेको घटना बाहिरिएपछि घटनामा संलग्नलाई पक्राउ गर्न प्रहरीमाथि चर्को दबाब परेको थियो । राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले घटनामा संलग्नहरूलाई तत्काल पक्राउ गरी कारबाही गर्न प्रशासनसँग माग गरेका थिए ।
प्रहरीले गरेको अनुसन्धानका क्रममा शुक्रवार उनीहरूलाई पक्राउ गरेको जनाएको छ । उनीहरूको साथबाट बन्चरो १ थान, खुकुरी एक थान र मासु बोक्न प्रयोग भएको झोला एक थान बरामद गरेको पनि प्रहरीले जनाएको छ ।
प्रतिक्रिया