ढुंगा प्रहार गरी महिलाको हत्या, दुई जना पक्राउ

आइतबार, २३ भदौ २०८१
काठमाडौं : काठमाडौंको सुन्दरीजलमा महिलाको हत्या गरेको आरोपमा प्रहरीले दुईजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सर्लाहीको चक्रघट्टा गाउँपालिका–३ का ४० वर्षीय रामविनय महरा र काठमाडौंको वसुन्धरामा बस्दै आएका सर्लाहीकै बसबरीया गाउँपालिका–५ का २४ वर्षीय सन्तोष राम महरा रहेको प्रहरीले जनाएको छ । वसुन्धरामा बस्दै आएकी सिरहाकी राम दुलारीको हत्यामा संलग्न रहेको आरोपमा शनिबार उनीहरूलाई पक्राउ गरी आइतबार सार्वजनिक गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । गोकर्णेश्वर नगरपालिका–१, सुन्दरीजलमा ढुंगाको चेपभित्र ती महिलाको शव फेला परेको थियो । उनीहरूले ढुंगा प्रहार गरी ती महिलाको गरी हत्या गरेको प्रारम्भिक अनुसन्धानका क्रममा खुलेको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार