इटहरी इन्टरनेशनल कलेजमा आईआईसी इनोभेक्स २.० हुँदै

सोमबार, २४ भदौ २०८१
इटहरी । इटहरी इन्टरनेशनल कलेजले आईआईसी इनोभेक्स २.० आयोजना गर्ने भएको छ । 'जहाँ बौद्धिक मस्तिष्कहरू एकजुट हुन्छन्' भन्ने मूल नाराको साथ यही भदौ २६ देखि २८ गतेसम्म सो कार्यक्रम सञ्चालन हुने भएको हो । कलेजमा गत वर्ष पनि सो कार्यक्रम भएको थियो । यस वर्षको कार्यक्रम ब्यबस्थापन अध्ययनरत विद्यार्थीहरू बिच बौद्धिक प्रतिस्पर्धा , नयाँ सीपहरू विकास, र अन्य कलेजका विद्यार्थीहरूसँग नेटवर्किङ गर्नको लागि थप प्रभावकारी बन्ने कार्यक्रमका निर्देशक विकास वनले बताए । आईआईसी इनोभेक्स २०२३ मा देशभर व्यवस्थापन विषय पढाई हुने विद्यालय र विश्वविद्यालयहरूबाट विद्यार्थीहरूको सहभागिता रहेको उनले बताए । आईआईसी इनोभेक्सको २०२३ को विजेता बनेको एस इन्स्टिच्युट अफ म्यानेजमेन्टलाई पुरस्कार सहित सम्मान गरिएको थियो । गत वर्षको कार्यक्रमले शैक्षिक ज्ञान र व्यवहारिक प्रयोग बिचको दूरीलाई समेत उजागर गरेको र यसबर्ष पनि देशै भरका १७ वटा कलेजका बिद्यार्थीहरु कार्यक्रममा सहभागी हुने कलेजले जानकारी दिएको छ । आईआईसी इनोभेक्स २.० मा दमक मल्टिपल क्याम्पस झापा,बालकुमारी कलेज चितवन, महेन्द्र मल्टिपल क्याम्पस धरान, महेन्द्र मोरङ आदर्श मल्टिपल क्याम्पस विराटनगर,सिन्धुली मल्टिपल क्याम्पस सिन्धुली,काठमाडौँ विश्वविद्यालय स्कुल अफ म्यानेजमेन्ट ललितपुर, विराटनगर इन्टरनेशनल कलेज विराटनगरका विद्यार्थीहरू सहभागी हुनेछन् । यसै गरी विश्व आदर्श कलेज इटहरी,सुष्मा गोदावरी कलेज इटहरी ,मेची मल्टिपल क्याम्पस भद्रपुर,धनकुटा मल्टिपल क्याम्पस, धनकुटा, गोमेन्द्र मल्टिपल कलेज बिर्तामोड,  डिग्री क्याम्पस विराटनगर, बाल्मीकि लिङ्कन कलेज बिर्तामोड, इटहरी इन्टरनेशनल कलेज मोरङ, इस्लिङटन कलेज काठमाडौँ , हेराल्ड कलेज काठमाडौँका विद्यार्थिहरु सहभागी हुने कार्यक्रमका निर्देशक विकास वनले जानकारी दिए ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार