इलाम बजार शनिवार पनि खुल्ने

विहीबार, २७ भदौ २०८१
इलाम / अब इलाम बजार शनिवार पनि बजार खुल्ने भएको छ । हप्ताको एक दिन अर्थात् शनिवार बन्द गरिँदै आइएको इलाम बजारका पसल अब सातामा सातै दिन खुल्ने भएका हुन् । इलाम बजारसँगै देउमाई नगरपालिकाको मङ्गलवारे बजारका पसल समेत अब शनिवार खुल्ने भएका हुन् । नेपालीहरूका महान् चाडपर्व नजिकिएसँगै शनिवार बन्द गरिँदै आइएका पसलहरू खुल्ने भएका हुन् । इलाम उद्योग वाणिज्य सङ्घले दसैँ, तिहार, नेपाल संवत् र छठ अवसरमा भदौ आगामी २९ गतेदेखि सबै पसल खोल्न व्यवसायीहरूमा सूचना जारी गरेको छ । दैनिक उपभोग्य वस्तु खरिदमा गाउँबाट आएका उपभोक्ताहरूलाई सहज होस भनेर शनिवार पसल खोल्न व्यापारीहरूलाई आग्रह गरिएको इलाम उद्योग वाणिज्य सङ्घ इलामका अध्यक्ष कृष्ण पौडेलले बताए । उनका अनुसार कात्तिक २३ सम्मका लागि शनिवार पनि सबै पसल खोल्न आग्रह गरिएको छ । पसलमा काम गर्ने कामदारलाई बिदा दिन र सातामा एक दिन भए पनि व्यापारीले पसल बाहेक बिदा मनाउन साथै अन्य काम गर्नका लागि हरेक शनिवार पसल बन्द गरिँदै आइएको छ । इलाम बजार सहित बिब्ल्याँटे, मङ्गलवारे, फिक्कल प्रमुख व्यापारिक केन्द्र मानिन्छन् । जिल्लामा सातै दिन विभिन्न स्थानमा हटिया समेत लाग्ने गरेको छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार