दयाहाङ र आँचलको फिल्म ‘दुखी आत्मा’ को सुटिङ सुरु

विहीबार, २७ भदौ २०८१
काठमाडौँ । दयाहाङ राई र आँचल शर्मा स्टारर फिल्म ‘दुखी आत्मा’ को सुटिङ सुरु भएको छ । दीपेन्द्र लामाको लेखन,निर्देशन रहेको फिल्मको गत सोमबार अर्थात् २४ गतेबाट राजधानीका विभिन्न स्थानमा सुटिङ भइरहेको छ । सुटिङ सुरुसँगै ‘दुखी आत्मा’ को सेटबाट दयाहाङ र आँचलको केही तस्बिर बाहिरिएको छ । हिमाल कडरिया निर्माता रहेको फिल्ममा दयाहाङ र आँचलका साथमा अनुपविक्रम शाही, बुद्धि तामाङ, पुष्कर गुरुङ, कविता आले, शिशिर वाङ्देल, आशान्त शर्मा, लोकेन्द्र लेखक, अङ्कित खड्का, लुनिभा तुलाधर, आरती आचार्य, निमा पाण्डे, इंगीहोपो कोइच सुनुवार, यासेली योङहाङ लगायतले अभिनय गर्दै छन् । पूरा फिल्म काठमाडौँ उपत्यका सेरोफेरोमा खिचिने जानकारी निर्देशक लामाले दिएका छन् । निर्माता कडरियाले आफूहरूले फिल्म भरपुर मनोरञ्जक बनाउन कुनै कसर बाँकी नराख्ने बताएका छन् । निर्देशक लामा र निर्माता कडरियाले यसअघि निर्माण गरेको ‘नाङ्गो गाउँ’ सुपर हिट भएको थियो । क्लक वर्क कृएसन्सको ब्यानरमा रहेको ‘दुखी आत्मा’ सोसियल कमेडी फिल्म हो । आलोक शुक्लाको छायाङ्कन,सुशान्त गौतमको सङ्गीत र रामजी लामिछानेको कोरियोग्राफी रहेको फिल्मको प्रोडक्शन म्यानेजर सुदीप ढकाल छन् । आरआर फिल्मस्ले वितरण गर्ने फिल्मको रिलिज मिति सुटिङ सकिएपछि मात्रै तय गरिने जानकारी निर्माता कडरियाले दिएका छन् ।  

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार