खुकुरी प्रहार गरी श्रीमतीको हत्या गरेपछि आफैँलाई प्रहार

आइतबार, ३० भदौ २०८१
धनकुटा : धनकुटामा खुकुरी प्रहार गरी श्रीमतीको हत्या भएको छ । जिल्लाको महालक्ष्मी नगरपालिका–१ स्थित कटहरेमा एक व्यक्तिले खुकुरी प्रहार गरी श्रीमतीको हत्या गरेका हुन् । स्थानीय २९ वर्षीया विजय दर्जीले २५ वर्षीया श्रीमती सरिता दर्जीको हत्या गरेको प्रहरीले जनाएको छ । श्रीमानले खुकुरी प्रहार गरेर घाइते भएकी श्रीमती सरिताको आइतबार बिहान करिब ४ बजे जिल्ला अस्पताल धनकुटामा उपचारका क्रममा मृत्य भएको जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रवक्ता डीएसपी राजबाबु महर्जनले जानकारी दिए । प्रारम्भिक जानकारीअनुसार सामान्य घरझगडा भएको कारण खुकुरी प्रहार भएको उनले बताए । विजयले श्रीमतीलाई आक्रमण गरेपछि आफैंलाई पनि खुकुरीले हानेका थिए । उनलाई उपचारका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लगिएको छ । उनीहरूका दुई छोरी रहेका छन् । प्रहरीले घटनाबारे थप अनुसन्धान सुरु गरेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार