जित लगत्तै एक्सनमा डा.शर्मा

आइतबार, ११ मंसिर २०७९
प्रतिनिधि सभाको सदस्य पदमा नवनिर्वाचित मोरङ ३ का सांसद एवम् कांग्रेस नेता डा. सुनीलकुमार शर्माले नोबेल शिक्षण अस्पताल विराटनगरमा निःशुल्क क्याबिन सेवाको उद्घाटन गर्नुभएको छ । चुनावमा मतदातासँग भोट माग्ने क्रममा उहाँले निर्वाचनमा विजयी भएको प्रमाणपत्र पाएको ७२ घण्टाभित्र ५० शैया  क्याबिन निःशुल्क सञ्चालन गर्ने घोषणा गरे अनुसार सेवा शुभारम्भ गर्नु भएको हो । शनिबार मोरङ ३ को निर्वाचन अधिकृतको कार्यालयबाट प्रमाणपत्र पाउनुभएका शर्माले आइतबार नोबेल अस्पतालभित्र क्याबिन  निःशुल्क सेवाको शुभारम्भ गर्नुभयो । मोरङ ३ का मतदाता लक्षित उक्त सेवा  शुभारम्भ गर्दै शर्माले  भविष्यमा अझ बिस्तार गरिने  बताउनुभयो । हिजो सिफारिस चाहिन्थ्यो, राजनीतिक रुपमा सम्पर्क नभएकाहरूले सेवा लिन सक्नुहुन्न थियाे ।अब मोरङ ३ का बिरामीले मतदाता परिचयपत्र देखाएर नै यो सेवा पाउनेछन्, डा. शर्माले भन्नुभयो । प्रतिनिधि सभाको सदस्य पदमा नवनिर्वाचित मोरङ ३ का सांसद एवम् कांग्रेस नेता डा. सुनीलकुमार शर्माले नोबेल शिक्षण अस्पताल विराटनगरमा निःशुल्क क्याबिन सेवाको उद्घाटन गर्नुभएको छ । चुनावमा मतदातासँग भोट माग्ने क्रममा उहाँले निर्वाचनमा विजयी भएको प्रमाणपत्र पाएको ७२ घण्टाभित्र ५० शैया  क्याबिन निःशुल्क सञ्चालन गर्ने घोषणा गर्नुभएको हो। शनिबार मोरङ ३ को निर्वाचन अधिकृतको कार्यालयबाट प्रमाणपत्र पाउनुभएका शर्माले आइतबार नोबेल अस्पतालभित्र क्याबिन  निःशुल्क सेवाको शुभारम्भ गर्नुभयो । मोरङ ३ का मतदाता लक्षित उक्त सेवा  शुभारम्भ गर्दै शर्माले  भविष्यमा अझ बिस्तार गरिने  बताउनुभयो ।हिजो सिफारिस चाहिन्थ्यो, राजनीतिक रुपमा सम्पर्क नभएकाहरूले सेवा लिन सक्नुहुन्न थियो । अब मोरङ ३ का बिरामीले मतदाता परिचयपत्र देखाएर नै यो सेवा पाउनेछन्, डा. शर्माले भन्नुभयो । सेवा शुभारम्भ गर्दै शर्माले निर्वाचनमा जनतासामु गरेका हरेक बाचा पुरा गर्ने गरि काम सुरु भएको बताउनु भएको छ । जनताले नकै ठुलो विश्वास र भरोसाका साथ आफुलाइ निर्वाचित गरेको भन्दै शर्माले आफु जनताको त्यो विश्वास र भरोसा टुट्न नदिने गरि काम गर्ने बताउनु भयो । जनतासंग मत लिने र एकै पटक पाँच वर्षपछि भोट माग्न आउने प्रवृति विरुद्ध जनताले भोट दिएका कारण जनताको त्यो आशिर्वाद सधैं शिरमा राखेर हिड्ने शर्माको भनाइ थियो । शर्माले  मोरङ ३ बाट पूर्व मन्त्री भानुभक्त ढकाललाई २२ हजार ५५६ को फराकिलो मतान्तरले हराउनुभएको थियो  । उहाँ ४८ हजार ६३१ मत प्राप्त गरी विजयी हुँदा निकटतम प्रतिद्वन्द्वी एमाले नेता भानुभक्त ढकालले २५ हजार ८९५ मत प्राप्त गर्नुभयो  । यो निर्वाचन क्षेत्रमा नेपाली कांग्रेसको यो पहिलो जित पनि हो ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार