दाङमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको ज्यान गयो

विहीबार, ०३ असोज २०८१
दाङ : दाङको लमही नगरपालिका ६ बेलदमारमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको ज्यान गएको छ । लमहीबाट घोराहीतर्फ जाँदै गरेको रा ८ प २९४० नम्बरको मोटरसाइकल बिहीबार (आज) दुर्घटना हुँदा चालक घोराही उपमहानगरपालिका १८ नवलपुरका २२ वर्षीय श्रवनकुमार पुन र मोटरसाइकलमा सवार घोराही ४ का २१ वर्षीय विनोद केसीको ज्यान गएको हो । दुर्घटनामा घाइते दुवै जनालाई उपचारका लागि लमही अस्पताल लगेकोमा डाक्टरले मृत घोषणा गरेको जिल्ला प्रहरी प्रवक्ता डीएसपी रामप्रसाद तिमल्सिनाले जानकारी दिए । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार