बेलबारी । मोरङको बेलबारी ३ स्थित पुरानो बेलबारी बेतना सिमसार छेउमा मङ्गलवार साँझ बस र बोलेरो ठोक्किँदा बोलेरो चालक मोरङ बेलबारी ८ बाहुनी बस्ने कृष्ण थापाको मृत्यु भएको छ।
पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ना ४ ख १४९० नम्बरको दिदीभाई बस र प्रदेश १-०२-००१ ज ४२७७ नम्बरको पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको बोलेरो एक आपसमा ठोक्किएको थिए ।
दुर्घटना पश्चात् घाइते भएका बोलेरो चालक बाहुनीका अन्दाजी ३६ वर्षीय थापाको उपचारका लागि न्युरो अस्पताल विराटनगर लाने क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा बोलेरो पुर्णरुपमा क्षतिग्रस्त भएको छ ।
प्रतिक्रिया