शनिवार इटहरीमा १ हजार लायन्सकर्मीहरु सहभागी भई क्याबिनेट मिटिङ हुँदै

शुक्रबार, १८ असोज २०८१
इटहरी : लायन्स क्लब डिस्ट्रिक्ट ३२५ सी को दोस्रो क्याबिनेट मिटिङ इटहरीमा शनिवार हुने भएको छ । क्लबको दोस्रो क्याबिनेट मिटिङ तथा १०० दिनको कार्य समीक्षा भोलि शनिवार इटहरी मा रहेको लायन्स भवनमा हुने भएको आयोजकले जनाएको छ। क्याबिनेट मिटिङ तथा सेलिब्रेसनमा १०० दिन सम्म गरेका सेवा र यस सम्बन्धी कामहरूको बारेमा समीक्षा गर्दै आगामी ३ महिनाको कार्य योजना बनाइने डिस्ट्रिक्ट ३२५ सी अन्तरगत एरिया ४ चिफ थानेस्वर ढकाल नेल्सनले बताए । मिटिङमा देशै भरका १५ वटै डिस्ट्रिक्ट गभर्नर तथा भारतका समेत केही डिस्ट्रिक्ट गभर्नरहरूलाई आमन्त्रण गरिएको ढकालले बताए । क्याबिनेट मिटिङमा गएको १०० दिनमा भएका कामहरूको समीक्षा गर्दै आगामी दिनमा के कस्ता कामहरू गर्ने र क्लबको सदस्यता बढाउन कसरी अघि बढ्ने भन्नेबारेमा छलफल गरिने समेत डिस्ट्रिक्ट ३२५ अन्तरगत ४ नं एरिया चिफ थानेस्वर ढकाल नेल्सन एम् जे एफले बताए । १४ ओटा क्लबहरूको व्यवस्थापनमा हुन लागेको क्याबिनेट मिटिगं १ हजार भन्दा बढी लायन्सहरुको सहभागिता हुने डिस्ट्रिक्ट ३२५ सी का गभर्नर विकास अधिकारीले बताए । लायन्स क्लबहरूका लागि उत्सवका रूपमा रहेको क्याबिनेट मिटिङले डिस्ट्रिक्ट नीतिगत निर्णयहरू समेत हुने भएकाले निकै महत्त्वपूर्ण रहेको गभर्नर अधिकारीले बताए । वर्षभरिमा ४ ओटा क्याबिनेट मिटिङ हुने लायन्सको पहिलो क्याबिनेट मिटिङ भने विराटनगरमा भएको थियो ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार