यस्तै शेयर सदस्य कृषकका विभिन्न तहमा उत्कृष्ट नतिजा सहित अध्ययनरत सन्तानहरूलाई पनि सम्मान गरेको छ । यस्तै, संस्थाबाट नियमित रूपमा दूध खरिद गर्ने ७ जना उपभोक्ताहरूलाई सम्मान गरेको छ ।
सहकारी संस्थाले दुग्ध उत्पादक कृषकहरूको सुविधाका विभिन्न सृजनात्मक कार्यक्रम सञ्चालन गर्दै आएको छ । गाई भैँसी सुत्केरी भएमा १ हजार बराबरको प्राथमिक औषधी सेवा निःशुल्क उपलब्ध गराउँदै आएको छ । गएको वर्ष १८ जना किसानले यो सेवा लिएका थिए ।
संस्थाले नियमित रूपमा भैँसी सुन्दरी प्रतियोगिता आयोजना गर्दै आएको छ । भैँसी पालक कृषकहरूलाई प्रोत्साहन गर्नका लागि प्रतियोगितालाई थप वृहत् रूपमा आयोजना गर्ने योजना रहेको संस्थाका सचिव राजेन्द्र धमलाले जानकारी दिए ।
प्रतिक्रिया