नेपालका सीमा क्षेत्रबाट स्वदेशमा कहिल्यै उत्पादन नभएका, पुँजी पलायन हुने किसिमका बस्तु वा पटका तथा पटकाजन्य पदार्थहरुको दुरुपयोगले स्वास्थ्यमा र वातावरणमा खराबी हुने र त्यसले दुर्घट्ना पनि हुनसक्ने भएकाले निरुत्साहित गर्ने हाम्रो अभियान नै छ ।यि र यस्ता विषय वा मुद्दाहरुका सवालमा कुरा गर्दा कानुनी रुपमा विभिन्न कोणबाट हेर्नुपर्ने हुन्छ । ठूला प्रकृतिका विष्फोटक पदार्थको हकमा तीन वर्षभन्दा बढी कैद साथै मध्यमको छ भने दुई वर्षसम्म कैदको व्यवस्था छ । पटका पट्काएर कसैको क्षति हुन गएमा, उजुरी आएमा, कसैको स्वास्थ्यमा गम्भीर असर परेको खण्डमा, तोडफोड वा टुटफुट भएको अवस्थामा त्यस्ता व्यक्ति विरुद्ध पनि मुद्दा दर्ता हुन्छ । बालबालिकाको हकमा अविभावकहरुलाई र व्यापार गर्ने पटकाको भण्डारण गर्नेलाई कानुनी दायरामा ल्याउनेपर्ने हुन्छ । त्यसमा तीन महिनादेखि सुरु भएर कारबाही जरीवाना साथै थुना पनि हुन्छ । त्यसैले रमाइलो गर्ने बेला जेल जानबाट बच्न यसअघि नै सूचना जारी गरिसकेका छौं । प्रतिबन्धलगाएका चिजहरुलाई कसैले प्रयोग गर्न पाउँदैन् । गल्लीमा, चोक चोकमा, मेलामा, भीडभाडमा र मुलत आर्थिक कारोबार हुने ठाउँहरु जस्तो–बैंक वित्तिय संस्था, सुनचाँदी पसल क्षेत्रमा सादा पोसाकमा तथा प्रहरीकै पोसाकमा प्रहरी रहन्छन् । सुरक्षाको लागि प्रविधिको प्रयोगसँगै खटिन्छ । धेरैजसो मानिसहरु चाडवाडमा नै रमाइरहेको बेला तस्करी गर्ने उद्देश्य राखेको हुनसक्छ । सीमा नाकाहरुबाट तस्करी गर्ने गराउने काम नहोस भन्नका लागि प्रहरी शसस्त्र प्रहरी सीमामा नै खटाइन्छ । कतिपय सन्दर्भमा राजस्व चुहावट नियन्त्रण गर्न र राजस्वमा योगदान पु¥याउने हिसाबले पनि त्यस्ता व्यक्तिलाई कानुनी दायरामा ल्याउने गरेका छौं । क्रमशः सुरक्षालाई मजवुद बनाउँदै लगेका छौं । पटकाजन्य वस्तु नेपालमा त उत्पादनहुँदै हुँदैन्, भारतमा नै हुने हो । यस्ता वस्तुले पर्यावरणीय अवस्थामा प्रभाव पारिहेको हुन्छ । जुनसुकै देशमा उत्पादन भएको पटकाजन्य वस्तु ल्याउनेहरुलाई सिमानाकामा नै रोक्न चेक पोइन्टमार्फत कारवाही गर्न र अवैध आयात हुने विक्री एवम भण्डारण गर्नेलाई प्रहरीले कानुनी दायरामा ल्याउने कामा गरिरहेको छ । यसको साथै, कसैले सूचनाहरु प्रहरीलाई दिएको छु भन्ने ठान्नुहुन्छ भने त्यो गलत हो । मुलुकको लागि दिएको भन्ने ठान्नुपर्छ । मुलुकका खातिर पूर्व सतर्कता अपनाउन आमनागरिकले सहयोग गरेमा ठिक हुन्छ । त्यसैले सबैले नेपालमा विकास हुनुपर्छ, नेपालको पँुजी पलायन हुनुहुदैँन् भन्नेहरु सबैले प्रहरीलाई सूचना दिन आग्रह पनि गर्छ । यातायात व्यवसायी महासंघ र व्यवसायीलगायत विभिन्न प्रकारको संस्थाहरुसँग भाडाको बारेमा प्रहरीको नियमित छलफल चलाइरहेको हुन्छ । उहाँहरुले पनि सहयोग गर्छु भन्नु भएको छ । अब यात्रु ठगिने, बीचबीचमा बसेर ठग्ने जुन प्रवृत्ति छ नियन्त्रण गर्न जरुरी छ । खाद्यन्नको कुरामा प्रत्येक पालिकाको जनप्रतिनिधिहरुले रहेका नागरिकहरु र मुलुकभरका नागरिकको हितको लागि काम गर्नुपर्ने हुनाले उहाँहरुको जिम्मेवारीमा छ । उपभोक्ता हितका लागि प्रत्येक पालिकाले काम गर्नुपर्ने हुन्छ । त्यसपछि जिल्ला प्रशासन, सहायक प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा एउटा कमिटी बनाएर काम गरिरहेको छ । हामीले दशैँ र तिहार दुईवटै चाडपर्वमा जनशक्तिलाई छुट्टी दिएका छैनौ । अति आवश्यक, बिरामी बाहेकलाई विदा दिइएको छैन । अहिले करिब दशैँमा ६० हजारको हाराहारीमा जनशक्ति परिचालित थिएभने अहिले ४८ हजार जनशक्ति नेपालभर परिचालित हुन्छन । बिदा नदिएपछि सबै नै परिचालित हुने थियो । अहिले नेपालको सुरक्षा सामान्य छ । घटना, दुर्घटना नहुन् भन्ने हिसाबले पूर्व सतर्कता पनि अपनाएको छ । तिहार बत्तिको चाड भएको हुनाले आगलागीको घटना हुने, चोरी हुने, लुटपाट हुने, महिलाहरु माथि दुर्व्यवहार हुने जस्ता घटना हुनाले आमनागरिकहरुले नै यसलाई सभ्यता परीक्षाको रुपमा लिएर सहयोग गर्नु हुनेछ । चाडको सभ्यता र मूल्य, मान्यताको सुरक्षा गर्दै सुरक्षित भएर तिहार मनाउन सक्छौ । यसको साथै सबैलाई सभ्य भएर चाड मनाउन आग्रह गर्न चाहन्छु ।
प्रतिक्रिया