सुनसरीमा राति १० बजेसम्म मात्र देउसी भैलो खेल्न पाइने (सूचनासहित)

बुधबार, १४ कार्तिक २०८१
इटहरी । सुनसरीमा राती १० बजेसम्म मात्र तिहारको देउसी भैलो खेल्न पाइने भएको छ । जिल्ला प्रशासन कार्यालय सुनसरीले आज (बुधवार) एक सूचना जारी गर्दै राती १० बजेसम्म मात्र तिहारको देउसी भैलो खेल्न पाइने समय सीमा तोकेको हो । प्रशासनले एक सूचना जारी गर्दै भिडजन्य गतिविधि,समाजमा अशान्ति अशोभनीय क्रियाकलाप जन्य कार्यहरू नगर्न अनुरोध गरेको छ । अनुरोध पालना नभए कानुन बमोजिम कारबाही गर्ने पनि प्रशासनले चेतावनी दिएको छ । सहायक प्रजिअ लोकमान श्रेष्ठद्वारा जारी सूचनामा पटका, अतिसवाजी, झिरझिरे, भुईचम्पाजस्ता विस्फोटक पदार्थ प्रयोग नगर्न र निकासी, ओसारपसार वा बिक्री वितरण नगर्न पनि आग्रह गरीएको छ । देउसी भैलो कार्यक्रमहरू सार्वजनिक यातायात र जीवनलाई असर नपर्ने गरी मर्यादित र अनुशासितरुपमा सञ्चालन गर्न पनि प्रशासनले आग्रह गरेको छ । यस्तै, भिडभाडजन्य गतिविधि गरी समाजमा अशान्ति एवं अशोभनीय क्रियाकलापजन्य कार्यहरू नगर्न पनि प्रशासनको आग्रह छ । पढ्नुहोस् सूचना 

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार