धरानबाट नियन्त्रित औषधी सहित ६ जना पक्राउ

सोमबार, २६ कार्तिक २०८१
सुनसरी : सुनसरीको धरान उपमहानगरपालिका वडा नं. ८ र ९ बाट नियन्त्रित औषधी सहित ६ जना पक्राउ परेका छन् । । हिजो (आइतबार) राती सँवा ११ बजे अस्थाई प्रहरी पोष्ट तिनकुने धरानबाट खटिएको प्रहरी टोलीले सेउती पुल नजिकबाट स्कुटरमा सवार सुनसरी धरान १५ बस्ने २४ बर्षीय मौषम लिम्बु, २३ बर्षीया सृजना राई र २५ बर्षीया निशा श्रेष्ठलाई नियन्त्रित औषधी ट्रामानिल २ सय क्याप्सुल र स्पास्पेन २ सय ट्याब्लेट सहित प्रहरीले पक्राउ गरेको थियो । पक्राउ परेका उनिहरुको थप अनुसन्धान गर्ने क्रममा इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलीले सिरहा चन्द्र अयोध्यापुर घर भइ धरान ९ दौलत थुलुङको घरमा डेरा गरि बस्ने २३ बर्षीय अंकित कुमार सिंह, धरान ८ का २० बर्षीय साइमन राई र २३ बर्षीय सागर श्रेष्ठलाई नियन्त्रित औषधी ट्रामानिल ९ हजार ३ सय क्यापसुल र स्पास्पेन ६ हजार ६ सय २७ ट्याब्लेट सहित पक्राउ गरेको छ । पक्राउ परेका ६ जनाको इलाका प्रहरी कार्यालय धरानबाट थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार