काठमाडौँ : राष्ट्रपति रामचन्द्र पौडेलले यही मङ्सिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनका लागि नेपाली सेनाको परिचालन गर्न नेपालको संविधानको धारा, ६६ को उपधारा (२) बमोजिम स्वीकृति प्रदान गरेका छन् ।
उपनिर्वाचन सुरक्षित, भयरहित, निष्पक्ष एवं शान्तिपूर्ण रूपमा सम्पन्न गर्न नेपाल सरकार, मन्त्रिपरिषद्को यही मङ्सिर ६ गतेको बैठकको निर्णयबमोजिम प्रधानमन्त्रीको सिफारिसमा सेना परिचालनको निर्णय गरिएकोे राष्ट्रपति कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईले जानकारी दिइन् ।
प्रतिक्रिया
लेखकको बारेमा
रासस
नेपालको राष्ट्रिय समाचार समिति (रासस) नेपाल सरकारअन्तर्गतको आधिकारिक समाचार एजेन्सी हो । यसको स्थापना वि.सं. २०१८ सालमा (सन् १९६१) भएको हो । राससको मुख्य उद्देश्य राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचार संकलन, सम्पादन र वितरण गर्ने हो ।
प्रतिक्रिया