ललितपुर : इटहरीका एक युवकको हत्या भएको छ । ललितपुर महानगरपालिका ९ च्यासलस्थित द टाउन क्याफेमा सोमबार राति इटहरी घर भएका एक युवकको हत्या भएको हो ।
२३ वर्षीय नयन गुरुङको हत्या भएको जिल्ला प्रहरी परिसर ललितपुरका एसपी नवरत्न पौडेलले जानकारी दिए।
गुरुङमाथि तीन जना व्यक्तिहरूले कुटपिट तथा चक्कु प्रहार गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
हत्या गरेको आरोपमा उक्त रेष्टुरेन्टमै काम गर्ने च्यासल बस्ने २६ वर्षीय हेमराज भट्ट, काभ्रेका २२ वर्षीय जनकबहादुर तामाङ र दार्चुलाका ४१ वर्षीय पदमलाल भट्टलाई प्रहरीले पक्राउ गरेको छ।
मृतक गुरुङ ललितपुरस्थित हिमालय कलेजमा बीई चौथो सेमेस्टरमा अध्ययनरत विद्यार्थी हुन्। प्रहरीले घटनाबारे थप अनुसन्धान सुरु गरेको छ ।
प्रतिक्रिया