खोटाङ आउँदै गरेको टाटा सुमो दुर्घटनामा एक वृद्धको मृत्यु

बुधबार, १० पुस २०८१
खोटाङ : काठमाडौंबाट खोटाङ आउँदै गरेको टाटा सुमो दुर्घटनामा घाइते भएका एक वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा खोटाङको केपिलासगढी गाउँपालिका–१ फेदीका ७३ वर्षीय दुर्गाप्रसाद राई रहेका छन् । ना १ ज ७१८१ नम्बरको टाटा सुमो केपिलासगढी–३ बास्पानीको राँटीमा बुधबार दिउँसो ३ बजेतिर दुर्घटना हुँदा घाइते भएका राईको जिल्ला अस्पताल दिक्तेलमा उपचारको आज क्रममा राति ८ मृत्यु भएको हो । गाडी चालक ऐँसेलुखर्क गाउँपालिका–१ का ३६ वर्षीय सत्रुधन राईलाई प्रहरीले नियन्त्रणमा लिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार