पाँचथर : चर्च ब्वाइज क्लब काठमाण्डौँ फाल्गुनन्द गोल्डकपको फाइनलमा प्रवेश गरेको छ ।
शुक्रबार पाँचथरको फिदिम माविको खेल मैदानमा सम्पन्न सेमिफाइनलमा आयोजक फिदिम स्पोर्टिङ क्लबलाई पराजित गर्दै चर्च ब्वाइज फाइनलमा प्रवेश गरेको हो ।
चर्च ब्वाइजले आयोजकलाई ३–१ गोल अन्तरले पराजित गरेको छ । चर्च ब्वाइजका तर्फबाट समीर तामाङ, विदेशी खेलाडी अर्माण्ड वाइडम र फोफोना आवायमीले १–१ गोल गरेका थिए । आयोजकका तर्फबाट दिनेश शेर्माले मात्रै एक गोल गरे ।
प्रतियोगितामा चर्च ब्वाइजका फोफोना अवायामी म्यान अफ दि म्याच घोषित हुँदै नगद १० हजार पुरकार प्राप्त गरे ।
शनिबार हुने प्रतियोगिता मछिन्द्र क्लब काठमाडौँ र न्यू रोड क्लब काठमाडौँबीच प्रतिस्पर्धा हुनेछ ।
प्रतियोगिताको फाइनल खेल पुस १५ गते हुनेछ ।
प्रतियोगिताको विजेताले १० लाख पाँच सय ५५ रुपैयाँ तथा उपविजेताले पाँच लाख पाँच सय ५५ रुपैयाँ पुरस्कार प्राप्त गर्ने आयोजकले जनाएको छ ।
प्रतिक्रिया