धरान : डिपो स्कुलको आयोजनामा शुक्रवारदेखि सुरू भएको १९ औँ अम्बर ललित डिपो कपको दोस्रो दिनको खेलमा काम्रेल हाइ स्कुल, प्रभात इङ्गिलिस स्कुल र पुलिस स्कुल विजयी भएको छ ।
शनिवार भएको पहिलो खेलमा काम्रेल हाइ स्कुलले जयसोया स्कुललाई २–० गोल अन्तरले पराजित गरेको छ । खेलमा दुवै गोल काम्रेलका दर्शन राईले गरेका थिए ।
सोही दिन भएको दोस्रो खेलमा प्रभात स्कुलले धरान लिगामेन्ट स्कुललाई २–० गोल अन्तरले नै पराजित गरे ।
खेलमा प्रभात स्कुलका सिमन्स शेर्पा र दिशन वराइलिले गोल गरे । यसैगरी अन्तिम खेलमा पुलिस स्कुलले आइडल इङ्गिलिस वोर्डिङ्ग स्कुललाई ८–० गोलको फराकिलो अन्तरले पराजित गरेका छन् । खेलमा पुलिस स्कुलका नेयुस खड्काले एक्लैले ५ गोल र सविन वुढाथोकी, अन्सु वास्फोर र सयन राईले एक–एक गोल गरेका थिए ।
दोस्रो दिनको खेलमा जयसोया स्कुलका प्रनिस राई, धरान लिगामेन्टका रामकृष्ण मेहेता र आइडल स्कुलका रिकेश खत्री म्यान अफ द म्याच घोषित भए ।
उनीहरूलाई प्रतियोगिताका संयोजक डिपो स्कुल व्यवस्थापन समिति सदस्य द्धिपराज राईले ट्रफी प्रदान गरे ।
आइतबारको खेल समिट स्कुल र इमानुयल, दिल्ली पब्लिक र नोवेल एकेडेमी, माउन्ट हर्मन र डिपोट निलो र सुनखरि र हिविकस स्कुलबीच प्रतिस्पर्धा हुनेछ ।
कक्षा ५ सम्मका विद्यार्थीहरू मात्र सहभागी भएको प्रतियोगितामा १६ टिमले सहभागिता जनाएका छन् ।
प्रतिक्रिया