डिल्ली खनालको नेतृत्वमा निर्माण व्यवसायी संघ इलामको कार्यसमिति निर्वाचित

आइतबार, २१ पुस २०८१
इलाम : निर्माण व्यवसायी संघ इलामको अध्यक्षमा डिल्ली खनाल निर्वाचित भएका छन् । एक सय सात मत प्राप्त गर्दै उनी अध्यक्षमा निर्वाचित भएका हुन् । निकटतम प्रतिद्वन्द्वी निरोज राउतले ७७ मत प्राप्त गरे । अर्का प्रतिस्पर्धी राजकुमार भक्तराजले ५३ मत प्राप्त गरे । संघको वरिष्ठ उपाध्यक्षमा नवीन तामाङ विजयी भएका छन् । तामाङले एक सय २३ मत प्राप्त गर्दा प्रतिस्पर्धी प्रमोद शेर्पा वाङ्दीले एक सय पाँच मत पाए । उपाध्यक्षमा सृजन देवान विजयी भए । उनले एक सय ३३ मत प्राप्त गर्दा दिनेश शेरजंग खड्काले ८८ मत प्राप्त गरे । संघको महिला उपाध्यक्षमा मञ्जु कार्की, महासचिवमा सुरज अधिकारी र सचिवमा सूर्यमान कार्की निर्विरोध निर्वाचित भएका छन् । कोषाध्यक्षमा पुष्कर बुर्जा विजयी भएका छन् । उनले एक सय ३५ मत प्राप्त गरे भने निकटतम प्रतिस्पर्धी सन्तोष भक्तराजले ९५ मत पाए । सदस्यहरूमा सुप्रिम राई, प्रितम लिम्बू, ज्ञानबहादुर प्रधान, गञ्जबहादुर प्रधान, खगेन्द्र बुढाथोकी र रोशन महत विजयी भएका छन् । ६ सदस्यका लागि १२ जनाबीच प्रतिस्पर्धा भएको थियो । तीन सय एक मतदाता रहेपनि निर्वाचनमा दुई सय ३७ मत खसेको थियो ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार