मोरङको सुन्दरहरैँचामा फेला परेको सिलिन्डर बम डिस्पोज सुरु 

विहीबार, २५ पुस २०८१
विराटनगर । पूर्व पश्चिम राजमार्गअन्तर्गत मोरङको सुन्दरहरैँचा नगरपालिका– ७ मालती पुलनजिकै फेला परेको ४ वटा सिलिन्डर बम नेपाली सेनाको टोलिले डिस्पोज सुरु गरेको छ  । फेला परेको ४ वटा बम मध्ये एउटा बम डिस्पोज गरिएको अरू ३ वटा  क्रमशः डिस्पोज गरिने प्रहरीले जनाएको छ। बम रहेको हल्ला चलेपछि खोजीका लागि पूर्वपश्चिम राजमार्ग खण्डमा नेपाली सेना र नेपाल प्रहरीको टोली परिचालन गरिएको थियो । खोजतलासका क्रममा मालती पुलबाट करिब १० मिटर पश्चिममा सुरुङ खनेर राखिएको अवस्थामा बिहीबार दिउँसो ४ वटा सिलिन्डर बम फेला परेको मोरङ प्रहरीका प्रवक्ता डिएसपी वेदप्रकाश जोशीले जानकारी दिए । उनका अनुसार माओवादी द्वन्द्व कालमै बम राखिएको सूचना आएको थियो । सूचना लगत्तै पूर्व पश्चिम राजमार्गअन्तर्गत करिब २ किलोमिटर सडकमा सवारी आवागमनमा रोक लगाइएको थियो । जिल्ला प्रशासन कार्यालय मोरङमा सुन्दरहरैँचा – ७ को मालती पुल आसपासमा द्वन्द्व कालको बम रहेको सूचना आएको थियो । यो पनि मोरङको सुन्दरहरैँचामा चार वटा सिलिन्डर बम फेला, डिस्पोजको तयारी    

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार