इटहरी : नेपाल युवा किसान संघ कोशी प्रदेश कार्यसमिति विस्तार गरिएको छ।
संयोजक रमेश अधिकारीले कार्यसमिति विस्तार गरेका हुन् ।
जस अन्तर्गत सह–संयोजकमा विवेक अधिकारी (सुनसरी), सचिवमा राम राज महत (सुनसरी) र केशव खड्का (मोरङ), सह–सचिवमा सुमन कार्की (ओखलढुंगा) र कोषाध्यक्षमा पविता प्रधान (उदयपुर) मनोनीत भएका छन् ।
यसैगरी २२ जना सदस्यहरू मनोनीत गरिएको हो ।
प्रदेश संयोजक अधिकारीका अनुसार विभिन्न जिल्लाहरूको प्रतिनिधित्व गर्दै २८ सदस्यीय कार्यसमिति विस्तार गरिएको हो।
प्रतिक्रिया