इटहरी : इटहरी २० तरहरामा मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना भएको छ ।
मंगलबार बेलुका ७ः४० बजे इटहरी उपमहानगरपालिका वडा नं.२० हिमशिखर बोर्डिङ स्कुल नजिकै भित्री सडकखण्डमा तरहरा बजारतर्फ आउँदै गरेको को ३८ प २००९ नम्बरको मोटरसाइकल आँफै अनियन्त्रित भएर सडकको दाँहिने तर्फको बिजुलीको पोलमा ठोक्किएर दुर्घटना भएको हो ।
दुर्घटनामा भोजपुरको हतुवागढी गाउँपालिका वडा नं. ५ का ३१ वर्षीय विजय राई (मुकेश)को मृत्यु भएको छ । उनी नेकपा एमाले भोजपुर हतुवागढी वडा नं. ५ का अध्यक्ष हुन् ।
घटनामा गम्भीर घाइते भएका थिए ।
उपचारका लागि तत्काल धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएपनि चिकित्सकले राति ८ः१० बजे मृत घोषित गरेको सुनसरी प्रहरीले जनाएको छ ।
इटहरी २० बस्ने १९ वर्षीय अनिष बस्नेत घाइते भएका छन् । बस्नेतले आफू मोटरसाइकलमा पछाडि सवार रहेको बताउँदै आएका छन् । उनलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान सुरू गरेको छ।
प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया