झापामा नागरिक यातायातको बस दुर्घटना हुँदा ११ जना घाइते

बुधबार, ०२ माघ २०८१
झापा । झापामा आज बिहान बस दुर्घटना हुँदा ११ जना घाइते भएका छन् । काँकडभिट्टाबाट धरानतर्फ जाँदै गरेको मे १ ख २५४५ नम्बरको नागरिक बस झापाको शिवसताक्षी नगरपालिका वडा नं १ धरमपुरमा दुर्घटनामा परेको हो । दुर्घटनामा घाइते हुनेमा विराटनगर महानगरपालिका वडा नं ३ का गुणा कोइराला, दीपा निरौला, विराटनगरकै म्यारी निरौला, निर्मला निरौला, विराटनगर ४ का शर्मिला कोइराला, झिलझिलेका टङ्क सिवाकोटी, विराटनगरका आन्सा फ्यादेन, सुमना लिम्बु, बिर्तामोडका पुष्पलाल अधिकारी, चन्द्रकला अधिकारी र झापाको कमल गाउँपालिकाका शान्तिराम खतिवडा लगायत  छन् । दुर्घटनाका घाइतेलाई तत्काल उपचारको लागि बिर्तामोडस्थित बिएण्डसी अस्पताल लगिएको छ । बस चालक झापा मेचीनगर १० धुलाबारीका ५४ वर्षीय टीका मेचेलाई इलाका प्रहरी कार्यालय झिलझिलेले नियन्त्रणमा लिएको छ । बस तीव्र गतिमा चलाइएका कारण अनियन्त्रित भई सडकमै पल्टिएको प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार