व्यवहारिक र व्यवसायिक शिक्षामा प्रदेश सरकारले जोड दिएको छ : कार्की

बुधबार, ०२ माघ २०८१
झापा : कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले व्यवहारिक र व्यवसायिक शिक्षामा प्रदेश सरकारले जोड दिएको बताएका छन् । बुधबार झापाको गौरादह ८ मा रहेको प्रगति माध्यमिक विद्यालयले आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले आजको आवश्यकता नै शिक्षाको सुधार भएको उल्लेख गरे । शिक्षालाई व्यवहारिक र व्यवसायिक बनाउन सके युवाको विदेश पलायनको दरलाई पनि रोक्न सकिने उनको धारणा थियो । प्रगति माध्यमिक विद्यालयले आज विद्यालयका निवर्तमान प्रधानअध्यापक डिल्लीराम अधिकारीको बिदाईका अवसरमा विद्यालय परिसरमा विषेश कार्यक्रमको आयोजना गरेको थियो । सो कार्यक्रममा सहभागी भएर मुख्यमन्त्री कार्की आजै साँझ अर्जुनधारा १ साधुटारमा आयोजित अभिशेकात्मक अतिरुद्र महायज्ञ तथा शंकराचार्यपीठ साधुटारको ४९ औं वार्षिकोत्सव कार्यक्रममा सहभागी भएका थिए । साधुटारमा माघ १ गतेबाट सुरु भएको महायज्ञ ११ गते सम्म सञ्चालन हुने आयोजकले जनाएको छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार