सङ्खुवासभामा पाँच वटा घरमा आगलागी हुँदा २ करोड बढीको क्षति

विहीबार, ०३ माघ २०८१
काठमाडौं । संखुवासभाको सभापोखरी गाउँपालिका-६ बाह्रविसे बजारमा बुधबार दिउँसो भएको आगलागीबाट २ करोड रुपैयाँ बढीको क्षति भएको छ । आगलागीबाट बाह्रबीसेमा पाँच वटा घर जलेर नष्ट भएको थियो । आगो नेपाली सेना, प्रहरी र स्थानीयवासीको सक्रियतामा नियन्त्रणमा लिइएको थियो । गाउँपालिका अध्यक्ष भिम सिङ्थाका अनुसार घरमा रहेको गरगहना, लत्ताकपडा र खाद्यान्न कसैले झिक्न पाएनन् । आगलागी पीडितलाई सभापोखरी गाउँपालिकाले राहत वितरण गरेको छ । गाउँपालिकाले उनीहरुलाई दुई सेट ओड्ने ओछ्याउने, भान्सामा प्रयोग हुने सामाग्री र खाद्यान्न बितरण गरेको हो । पीडित आफन्त र छिमेकीकोमा बसेका छन् । आगलागीबाट रामबहादुर राई, अमृता राई, लालसिंह लिम्बु, शुशिल तामाङ्ग र निर्मला कालाखेतीको घर जलेको प्रहरी निरीक्षक रामकुमार लामिछानेले बताए। आगलागीबाट पाँच घरका कम्तिमा १७ जना विस्थापित भएका छन् । बुधवार दिउँसो २ बजे देखि रामबहादुर राईको घरवाट आगलागी सुरुभएको थियो । पाँचवटै घर ढुंगामाटोले बनेकाले आगलागीमा क्षति भएको हो । आगलागीबाट मानवीय क्षति भएको छैन ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार