झापाबाट ठुलो परिमाणमा ब्राउन सुगर सहित ३ जना पक्राउ

शुक्रबार, ०४ माघ २०८१
झापा : झापाको मेचीनगर नगरपालिका ६ र भद्रपुर नगरपालिका ३ स्थितबाट ठुलो परिमाणमा प्रतिबन्धित लागूऔषध ब्राउन सुगर सहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । माघ २ गते राती विशेष सूचनाको आधारमा मेचीनगर ६ स्थित मेची पुलमा इलाका प्रहरी कार्यालय काँकडभिट्टा र लागूऔषध नियन्त्रण ब्युरो काँकडभिट्टाबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा उनिरुलाई पक्राउ गरेको हो । झापा अर्जुनधारा नगरपालिका ८ का ३५ वर्षीय अर्जुन श्रेष्ठ र भारत वेष्ट बङ्गाल दार्जिलिङका ३० वर्षीय मो अनवर हुसेनलाई ६ ग्राम ६६० मिलिग्राम ब्राउन सुगर र नेपाली रुपैयाँ २० हजार सहित पक्राउ गरेको छ । उनीहरूलाई सोधपुछ तथा अनुसन्धानको क्रममा भद्रपुर नगरपालिका ३ कि ४५ बर्षीया दोमासी राजवंशीले घरमा ब्राउन सुगर लुकाई राखेको छ भन्ने जानकारी गराएकोमा राजवंशीको घर खानतलासी गर्ने क्रममा २०१ ग्राम १९० मिलिग्राम ब्राउन सुगर प्रहरीले बरामद गरेको थियो । प्रतिबन्धित लागूऔषध ब्राउन सुगर सहित पक्राउ परेका तीनै जनाको इलाका प्रहरी कार्यालय काँकडभिट्टाबाट थप अनुसन्धान तथा आवश्यक कानुनी कारबाही भईरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार