संसद्को अधिवेशन आह्वान गर्न प्रचण्डको माग

शुक्रबार, ०४ माघ २०८१
मोरङ : नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले संसद्को अधिवेशन आह्वान गर्न सरकारसँग माग गरेका छन् । विराटनगर विमानस्थलमा आज साँझ सञ्चारकर्मीहरूसँग संक्षिप्त कुरा गर्दै उनले सरकारले ल्याएको पाँच वटा अध्यादेश फिर्ता लिई सदन भित्रबाट विधेयक पारित गर्नुपर्ने बताए। पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका दाहालले सात राजनीतिक दलको उपस्थिति एवं एकदलको समर्थनमा आज बसेको बैठकले अध्यादेशको विरोधमा संयुक्त वक्तव्य जारी गरेको जानकारी दिए। अध्यक्ष दाहालले पार्टीका केन्द्रीय समिति र प्रदेश पदाधिकारीहरुको सम्पत्ति विवरण बुझाउन निर्देशन दिनुका साथै सम्पत्ति र जीविका सञ्चालनको स्रोतको खोजी गरिने बताए । उनले पूर्वउपराष्ट्रपति नन्दकिशोर पुनको आग्रहअनुसार पार्टीको छलफलमा सहभागी गराइएको बताए । अध्यक्ष दाहाल यही माघ ५ गते विराटनगरको न्यू सृष्टि दैनिकको वार्षिकोत्सव र मोरङको ग्रामथान गाउँपालिकामा आयोजना हुने सभामा सहभागी हुन आएका हुन् ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार