तनहुँ : तनहुँको म्याग्दे गाउँपालिका–६ छबिसेमा गुडिरहेको बसबाट खस्दा सहचालकको मृत्यु भएको छ ।
पोखराबाट नारायणगढ जाँदै गरेको बा ४ ग ५८०१ नम्बरको बसबाट खसेका सहचालकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक अशोक थापाले जानकारी दिए ।
मृत्यु हुनेमा पोखरा महानगरपालिका–२८ का वर्ष २६ का सञ्जीव बोहोरा रहेका छन् ।
बसका चालकलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया